सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट टुङ्गियाे

 चैत १५, २०७९ बुधबार १८:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालय बाँडफाँटको टुङ्गो लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको बैठकमा सहभागी जनता समाजवाद पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नेता श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १, जनमत पार्टीलाई १ राज्यमन्त्रीसहित १ मन्त्रालय र नेपाल समाजवादी पार्टी (नेसपा) लाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ । कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइनसकेको श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा भने छलफल नभएको उहाँले बताउनुभयो । भोलि बिहीवार सरकार विस्तार गरेर भोलि नै शपथ ग्रहण गराउने तयारी भएको पनि नेता श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया