पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषललाई हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जानेमात्रै नभई पूजापछि विश्रामका लागि पनि बगैँचाहरूको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति पाैडेलले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी विशेष महत्त्वको आयोजनाका रूपमा अघि बढाउँदा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचनालगायत अत्यावश्यक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पशुपतिनाथ नेपालको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल पनि हो । पूजाआजा र दर्शन सकेपछि केही समय विश्रामका लागि बगैँचा बनाउने गरी यस उद्यानलाई अझै व्यवस्थित गर्न जरुरी छ । पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ ।’
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रलाई मन्दिर दर्शन गरेर फर्किने मात्रै नभई लामो समयसम्म बस्न सक्ने वातावरण बनाउनसके अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिने उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।