पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपचुनावमा उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले विगतमा झैँ यस पटक पनि कांग्रेस नै विजयी हुने बताउनुभएको हो । उहाँले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ । यसै पनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो । विगतमा प्राप्त मतभन्दा बढी मतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरू भाषणमात्रै गर्छन्, मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरूबाट नै मैले चुनाव जित्नेछु ।’
नेता भट्टराईले गठबन्धनका दलहरू एक भएर चुनावमा प्रतिस्पर्धा गर्ने पनि बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।