सरकार र मिटरब्याज पीडितबीचको छलफल सकारात्मक

 चैत १६, २०७९ बिहीबार १५:५८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार र मिटरब्याज पीडितबीचको छलफल सकारात्मक देखिएको छ । बिहीवार सिंहदरबारमा सरकारका प्रतिनिधिहरूसँगकाे छलफल सकारात्मक भएको मिटरब्याज पीडित एक सदस्यले बताए । 

सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मिटरब्याज पीडित समूहका सहयोगी सङ्घर्ष दाहालले मिटरब्याज साहुहरूलाई धेरैजसाे रकम तिरिसके पनि उनीहरूले तमसुक फिर्ता नगरि अदालतमा पेस गरेर जेल पठाएको भन्दै जेलमा परेकालाई तत्काल ससम्मान रिहा गर्न माग गर्नुभयो । उहाँले पालिकाकाे समन्वयमा मिटरब्याजसम्बन्धी परेका उजुरीमाथि छलफल गर्ने भन्ने सम्झौता स्वीकार्य नरहेको बताउनुभयो ।

दाहालले मिटरब्याजमा पैसा लिनेमध्ये धेरैजसाे विदेश जाने तयारीमा रहेकाले सरकारले 'जीटूजी' बाट विदेश पठाइदिनुपर्ने नत्र विदेश जान चाहनेहरूलाई सहुलियत कर्जा दिने र उनीहरूले विदेशबाट कमाएकोमध्ये सरकारबाट लागत रकम असुल गर्नुपर्ने व्यवस्था गर्न माग गर्नुभयो । 

मिटरब्याजविरुद्धको सङ्घर्ष समितिले तमसुक व्यवस्था खारेज गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिकाे स्राेत खोजी गरी कानुन बनाउन, साहुकारहरूको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था वा जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानुनी व्यवस्था गर्न माग गरेको छ । सङ्घर्ष समितिले पीडक साहुकारहरूमाथि ठगी र विश्वसघातका मुद्दा दर्ता सहज ढङ्गबाट हुने व्यवस्था गर्न, अदालतबाट पक्राउ पुर्जी काटेको हकमा उल्लेखित प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनमा जाने व्यवस्था गर्न, तमसुकका आधारमा अदालतमा चलाइएको मुद्दा तत्काल स्थगन गर्न र अधिकार सम्पन्न आयोग गठन नगरेसम्म आन्दोलन जारी रहने चेतावनीसमेत दिएको छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया