मन्त्री किरातीको प्रश्न : यात्रुको 'ब्यागेज' किन चोरियो ? विमानस्थलभित्र कुकुर, बाँदर कसरी पसे ?

 चैत १६, २०७९ बिहिबार १६:२०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या र विकृतिबारे सम्बन्धित निकायका प्रतिनिधिसँग जवाफ माग्नुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारीलगायतका पदाधिकारीसँग छलफल गरेर मन्त्री किरातीले हरेक समस्या र विकृतिबारे जवाफ माग्नुभएको हो । उहाँले यात्रुका ब्यागेज चोरिएको घटना सत्य हो कि होइन, हो भने कसरी र कसले चोर्छ भनेर सोध्नुभएको छ ।

मन्त्री किरातीले अरू थुप्रै प्रश्नको जवाफ र नतिजा माग्नुभएको छ । अराइभलमा यात्रु लड्ने विद्युतीय भर्‍याङ के हुँदैछ, कहिलेसम्म बनिसक्छ ? सरसफाइ अभियान के–कस्तो चल्दै छ ? समयमा जहाज उड्दैछ कि छैन ? एअरपोर्टभित्र महँगी नियन्त्रण भयो कि भएन ?  ब्रेकविनाकाे ट्रली फेर्ने काम कहाँ पुग्यो ? शौचालयभित्र बजिरहेको सङ्गीत किन बन्द भयो ? महिला शौचालयमा स्यानिटरी प्याड राख्ने काम के भयो ? एअरपोर्ट अगाडिको ब्युटिफिकेशन के भयो ? एअरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ? एअरपोर्टभित्र वाइफाई प्रभावकारी किन चल्दैन ? लगायतका प्रश्न सोधेर मन्त्री किरातीले अब जवाफमात्रै नभई काम चाहिएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Rajan kapri

    March 30, 2023, 6:06 p.m.

    नेपालमा यति धेरै विकृति छकि एयरपोर्ट आउँदा समान फुट्ने मनलाग्दी फाल्ने हो अनि महँगो समान चोर्ने कर्मचारी को मिले महत्त्व मा धेरै समान हराउने हुन्छ फुट्ने हुन्छ सबै समान बाहिर भन्दा भित्र धेरै महँगो हुन्छ । सिसिटिभी फुटेज हराउँछ मेरो देश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हाल रोमानिया

  •  0 Reply

तपाईको प्रतिक्रिया