मिटरब्याज काराेबार नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष ओली

 चैत १६, २०७९ बिहिबार १६:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयो । मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले मिटरब्याज पीडितहरूको बारेमा सरकारको ध्यानाकर्षण गरेका छाैँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्छ । अप्ठेराे पर्‍याे भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्न पनि हुँदैन । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ । यो गलत कुरा हो, कानुन विपरित छ भन्ने कुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रूपमा बिदा दिइएको बताउनुभयो । उहाँले अबदेखि वार्षिक क्यालेन्डरका रूपमा रहने गरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रूपमा राखिए क्यालेन्डरबाट हटाउने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८०

तपाईको प्रतिक्रिया