खोटाङमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया

 चैत १६, २०७९ बिहिबार १८:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन प्रहरीसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरिरहेको सुरक्षित आप्रवास सामी कार्यक्रम अन्तर्गत  खोटाङ जिल्ला भरीका ४२ जना प्रहरीहरूको उपस्थितिमा सुरक्षित वैदेशिक रोजगारीको सवालमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

वैदेशिक रोजगार सम्बन्धीको विषयलाई प्राथमिकतामा राख्न जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी निरीक्षक बेनु कार्कीलाई फोकल पर्सन तोक्ने भएको छ ।

सामी कार्यक्रमको तर्फबाट  परामर्शकर्ता लीला निरौलाले फोकल पर्सनको रूपमा समन्वय र सहजीकरण गर्नुहुने छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया