बर्दियामा बस र माेटरसाइकल ठाेकिँदा एक जनाकाे ज्यान गयाे

 चैत १६, २०७९ बिहिबार २०:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियामा बस र मोटरसाइकल ठोकिँदा एक महिलाको ज्यान गएको छ । गुलरिया राजापुर हुलाकी सडक खण्डअन्तर्गत मधुवन नगरपालिकामा बस र मोटरसाइकल ठोकिँदा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरपुरकी २६ वर्षीया सरीता थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम आइरहेकाे भे १ ख २२५४ नम्बरकाे बस र विपरीत दिशाबाट आइरहेकाे भे ४ प ५६४७ नम्बरकाे माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार थारुकाे ज्यान गएकाे हाे । माेटरसाइकल चालककाे अवस्था समान्य रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया