एसईई परीक्षालाई मर्यादित बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

 चैत १७, २०७९ शुक्रबार ७:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईई परीक्षालाई मर्यादित बनाउन निर्देशन दिनुभएको छ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन उहाँको आग्रह छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री प्रचण्डले परीक्षामा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना पनि गर्नुभएको छ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका पाँच लाख १६ हजार ५ सय ७७ जनाले आवेदन फाराम भरेका छन् । परीक्षाका लागि देशभर दुई हजार ३६ र जापानमा एउटा गरी दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ। 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया