पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित आजदेखि २४औँ फ्लोरा एक्स्पो मेला हुँदैछ । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा सुरु हुन लागेको मेला आउँदो सोमवारसम्म चल्नेछ । मेलामा झण्डै ८० वटा कक्ष रहने छन् ।
प्रदर्शनीमा ४ सय ५० वटाभन्दा धेरै प्रकारका फूल बिरुवाको खरिद बिक्री हुने एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । अध्यक्ष तामाङका अनुसार मेलामा विभिन्न पुष्प नर्सरी, फार्म तथा संस्थाको सहभागिता रहनेछ ।
नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराएर पुरस्कृतसमेत गरिनेछ । मुख्य चाडपर्वमा केही फूल तथा माला भारतबाट ल्याउने गरिएको छ । तर अन्य समयमा प्रयोग हुने फूलमा नेपाल आत्मनिर्भर छ ।
विशेष गरी काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । नेपालमा अहिले व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदैआएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।