एमालेले चाहेमा गठबन्धन केही दिनमै भत्किन्छ : विष्णु पौडेल

 चैत १७, २०७९ शुक्रबार ११:५६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गर्नुभएको छ । शुक्रवार आज प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उपाध्यक्ष पौडेलले एमाले अहिले नयाँ गठबन्धन बनाउने खेलमा नरहेको बताउनु भएकाे छ ।

उहाँले भन्नुभयो, ‘अहिले म तिथिमितितिर जान्नँ । हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदि एमालेले त्यो आवश्यकता महसुस गर्‍यो भने गठबन्धन भत्काउनु केही हप्ताको काम हाे ।’

उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाउनु भयो । उहाँले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको बताउनु भयो । उपाध्यक्ष पौडेलले नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले आउने चुनावमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको पनि बताउनु भयो । उहाँले वर्तमान संसद्ले पाँच वर्षको समय पूरा गर्ने लक्षण नदेखेको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया