आज मन्त्रिपरिषद् विस्तार हुने, शीतल निवासमा शपथको तयारी

 चैत १७, २०७९ शुक्रबार १२:५१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नयाँ मन्त्रीहरुको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले यसको लागि तयारी थालेको छ ।

आज मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको छलफलपछि दिउँसो ३ बजे शपथको तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

गएको चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले अघिल्लो हप्ता नै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको थियो । तर गठबन्धन दलहरुभित्र भागबण्डा मिलाउन समय लागेपछि त्यसको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । सत्ता साझेदार दलहरुमध्ये ९ दलले मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन दलहरुबीच कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भैसकेको छ। 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया