मन्त्रिपरिषद् विस्तार : वरीयतामा पूर्णबहादुर खड्का दाेस्राे र नारायणकाजी श्रेष्ठ तेस्राे नम्बरमा (सूचीसहित)

 चैत १७, २०७९ शुक्रबार १७:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । गएको पुस १० गते नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् ।

साताैँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता भने पाएको छैन । प्रधानमन्त्री प्रचण्डसँग अझै कानुन न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

विस्तारित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का दाेस्राे वरीयतासहित उपप्रधान एवम् रक्षा मन्त्री बन्नुभएकाे छ । यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तेस्राे वरीयतामा रहँदै उपप्रधान एवम् गृह मन्त्री बन्नुभएकाे छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल चाैथाे वरीयतासहित कृषि तथा पशुपक्षी मन्त्री बन्नुभएकाे छ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष पाँचाैँ वरीयतामा रहँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएकाे छ । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया