गोठमा बाँधिएका खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक भक्तपुरबाट पक्राउ

 चैत १८, २०७९ शनिबार ७:४९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – भक्तपुरका विभिन्न ठाउँबाट गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालक पक्राउ परेका छन् ।

खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई अहिले सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई अहिले काठमाण्डौको पेप्सीकोला बस्दै आएका रामेछाप–उदयपुर मासु पसल सञ्चालक ४३ वर्षीय दिलबहादुर कार्कीलाई पनि पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले काभ्रेपलाञ्चोकको विभिन्न आठ ठाउँबाट र भक्तपुरको १७ ठाउँबाट चार बोका र ३६ खसी गरी ४० खसीबोका चोरी गरेर बिक्री गरेको खुल्न आएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।     
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया