पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुनुहुन्छ ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ–६ मा पराजित हुनुभएको थियो । बारा–२ को लागि भोलि बस्ने बैठकले उम्मेदवार छान्ने गुरुङले बताउनुभयो। चितवन–२, बारा–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपचुनाव हुँदैछ ।
उपचुनावका लागि उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले चैत २० गते सोमवारको समय तोकेको छ ।
नेपाली कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा स्वर्णीम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बारा-२ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । कुशवाह बारा-२ मा उपचुनावमा उम्मेदवार बन्नकै लागि माओवादी केन्द्र छाडेर केही दिनअघि जनमत पार्टीमा प्रवेश गर्नुभएको हो ।
बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार बन्दै हुनुहुन्छ । बारा-२ मा कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले पनि उपेन्द्र यादवलाई सघाउने बताए पनि निर्णय भने भइसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।