सरकारसँग पाँच बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता

 चैत १८, २०७९ शनिबार १८:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मिटरब्याज पीडितहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितहरुले आन्दोलन रोक्न सहमति जनाएका हुन् ।

सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो  ।  सरकार र पीडितबीच पाँचबुँदे सहमति भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला, उपसचिव जंगबहादुर डाँगी, उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक दिनेराज मैनाली र उपसचिव दिलकुमार तामाङले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै, पीडितको तर्फबाट वार्ता समितिका संयोजक मनोज पासवान तथा सदस्यहरु श्यामकुमार चौधरी, सङ्घर्ष दाहाल, रामरिझन यादव र छेदिलाल पासवानले हस्ताक्षर गर्नुभएको छ । सरकारले समस्याको समाधान नगरेको भन्दै महोत्तरीबाट १२ दिन हिँडेर गएको आइतवार काठमाण्डौ आएका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया