रामेछापमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, सात जना घाइते

 चैत १८, २०७९ शनिबार १९:१४:५९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको खाँडादेवि गाउँपालिका–१ डाँडागाउँमा आज जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । सात जना घाइते भएका छन् । 

खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीबाट काठमाण्डौका लागि छुटेकाे बा १६ च ३२२५ नम्बरकाे जीप खाँडादेवि–१ डाँडागाउँमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा बाेलेराे चालक खाँडादेवि गाउँपालिका–७ का ३३ वर्षका कालुमान तामाङको घटनास्थलमै ज्यान गएकाे छ।

यस्तै, खाँडादेवि गाउँपालिका–७ का ३७ वर्षका रुपसिंह तामाङ, २३ वर्षकी सुष्मा तामाङ र उहाँका छोरा १० वर्षका नेस्नल तामाङ, ३३ वर्षकी सविना तामाङ र उहाँकी छोरी ७ वर्षकी कुुइन तामाङ, ४२ वर्षका दिनेश श्रेष्ठ र एक जना जापानका नागरिक ४३ वर्षकी सातो काजुभी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगिएकाे छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको लुघुघाट प्रहरी चौकीका इञ्चार्ज रामकृष्ठ श्रेष्ठले बताउनु भयाे ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया