पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी सुरु भएको छ । आउँदो अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने गरी तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिनुभयो ।
विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी जाउँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।
लुम्बिनीको थप प्रचारप्रसार र पर्यटकीय प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताउनुभयो । बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय पनि भएको छ ।
लुम्बिनीमा हालै निर्मित अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहिएकाले सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने निर्णय पनि भएको छ । अन्तर्राष्ट्रिय सभाहल गएको वर्ष बुद्ध पूर्णिमाका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । निर्माण कम्पनीले मर्मत गरेर समस्या समाधान नगर्दासम्म भुक्तानी प्रक्रिया रोक्का राख्ने निर्णय भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।