दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याउने सीता एअरमाथि छानबिन सुरु

 चैत १९, २०७९ आइतबार १९:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सीता एअरलाइन्सको विमानले दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याइदिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले छानबिन सुरु गरेको छ ।

सीता एअरले गएको १५ गते दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याएको थियो । काठमाण्डौका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पुर्‍याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिनुभयो ।

नेपालगञ्ज पुर्‍याएका यात्रुलाई सीता एअरले अरू एअरलाइन्सका जहाजमार्फत त्यही दिन काठमाण्डौ पठाएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया