कालिमाटीमा काउली, बन्दा, मुला र गोलभेंडाको भाउ किलोमा ५० र...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – अर्थ मन्त्री डा. प्रकाशशरण महतले शेयर बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शेयर लगानीकर्ताहरूको टोलीसँग आज साेमवार मन्त्रालयमा भएको छलफलमा मन्त्री महतले बजारका समस्या समाधान गरेर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको हो ।
देशको अर्थतन्त्रको अनुहार देखाउने प्रमुख सूचक शेयर बजार पनि भएको भन्दै मन्त्री महतले नीतिगत र व्यावहारिक दुवै विषयमा आफ्नो ध्यान जाने बताउनुभएको हो । उहाँले राष्ट्र बैंकका नीतिका कारण शेयर बजारमा असर परेको भएमा त्यतातर्फ पनि आफ्नो ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाउनुभएको छ । पछिल्लो समय शेयर बजार आधा करोडभन्दा धेरै मानिसको प्रत्यक्ष चासो र लगानीको विषय भएकाले यसलाई बेवास्ता गर्न नमिल्ने अर्थ मन्त्रीको भनाइ छ ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँगै ब्रोकर सङ्घ, मर्चेन्ट बैंकर तथा अन्य लगानीकर्ता सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।