कालिमाटीमा काउली, बन्दा, मुला र गोलभेंडाको भाउ किलोमा ५० र...
माघ ६, २०८१ आइतबार
तनहुँ – आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सत्तारूढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज साेमवार उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा रघुनाथ पौडेल र समर्थकमा सरिता गुरुङ रहनुभएको छ ।
यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले पनि उम्मेदवारी दर्ता गराउनुभएकाे छ । खनालकाे प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहनुभएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले पनि उम्मेदवारी गराउनुभएकाे छ । वाग्लेकाे प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे रहनुभएकाे छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसक्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।