अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

 चैत २५, २०७९ शनिबार १५:१०:४६ | नेत्र शाही
unn.prixa.net

जुम्ला –  जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जाेडी सम्मानित भएका छन् । दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो ।

विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई हाैसला दिन याे सम्मान गरिएकाे नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयाे । कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । 

सम्मानित अन्तरजातीय जोडीले पनि यो महत्वपूर्ण कार्यका लागि धन्यवाद दिएका छन् । जुम्ला गुठिचौर गाउँपालिकाका उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताउनुभयो । 

सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले समानुपातिकको सूत्राधार माओवादीले यस्ता काममा जोड दिएको बताउनुभयो । उहाँले संघीयता, समानुपातिक र समावेसीमा नेकपा माओवादी केन्द्रलेनै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन सहित सम्मान गरिएकोमा जोड दिनुभयो ।

कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद .रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला नेकपा माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले जन्तरजाति विवाह गरेर समाजलाई परिवर्तन गर्न खोजेकोमा धन्यवाद दिनुभयो ।


 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया