प्रदेश सांसद पाँचकर्ण राई विरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर ४ युवा पक्राउ

 चैत २५, २०७९ शनिबार १८:२७:२४ | दमन राई
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – खोटाङमा प्रदेश सांसद पाँचकर्ण राई विरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा पक्राउ परेका छन् ।

कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै सांसद राई विरुद्ध शनिबार प्रदर्शनमा उत्रिएका किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पूर्व उपाध्यक्ष सप्तमणि राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् । 

जिल्ला समन्वय समितिको आयोजनामा जिल्लासभा सञ्चालन भइरहकै बेला किरातराई यायोक्खाका अध्यक्ष किरातले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झण्डा देखाइएको थियो । विरोधमा उत्रिएका समूहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । 

विरोधमा उत्रिएका समूहले प्रदेश सांसद भूपेन्द्र राई विरुद्ध पनि नाराबाजी गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सांसद रामकुमार राई पनि उपस्थित थिए । पक्राउ परेका चारै जना केही बेरमै छुटेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया