दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – महिलाको नाममा फेसबुक खाता बनाई ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ का २६ वर्षका विश्व शर्मालाई प्रहरीको साइबर ब्युराेले पक्राउ गरेको हो ।
शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरेर फेसबुकमा नक्कली खाता बनाएको र साथी बनाएर माया प्रेमको बहाना बनाई रकम ठगेको पाइएको साइबर ब्युराेका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिनुभयो ।
विभिन्न बहानामा पैसा मागेको र फरक–फरक बैंक खाता तथा डिजिटल वालेटहरूमार्फत पैसा मागेर ठगी गरेको भन्ने उजुरीका आधारमा छानबिन गरी शर्मालाई पक्राउ गरेर अनुसन्धान भइरहेको रायले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।