सन्धिखर्कका किसानलाई अनुदानमा प्लास्टिक टनेल

 चैत २७, २०७९ सोमबार १७:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि उत्पादन बढाउन किसानलाई अनुदानमा प्लास्टिक टनेल वितरण गरेको छ । 

कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसानकाे मागका आधारमा ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण सुरु गरेकाे सन्धिखर्क नगरपालिकाकाे कृषि शाखाका प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका किसानकाे मागका आधारमा पालिकाकाे कृषि शाखाले पाँच सय २९ वटा प्लास्टिक टनेल वितरण सुरु गरेको हो । 

टनेल वितरण गर्दै सन्धिखर्ककी उपमेयर मिश्रा आचार्यले व्यावसायिक कृषि पेसामा लाग्न किसानलाई आग्रह गर्नुभयो । उहाँले उत्पादनमुखी कृषि पेसामा लागेका किसानलाई नगरपालिकाले सहयोग गर्ने बताउँदै कृषि पेसाबाट स्वरोजगार बन्नुपर्ने बताउनुभयो । 

प्रतिटनेलको मूल्य तीन हजार तीन सय ८५ रुपैयाँ परेकोमा ५० प्रतिशत अनुदानमा किसानले प्रतिटनेल १६ सय ९२ रुपैयाँ ५० पैसामा प्राप्त गरेका छन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया