न्यायाधीश भुवन गिरी काठमाण्डौबाट पक्राउ, श्रीमतीलाई कुटपिट र याैन शोषण गरेको आरोप

 चैत २८, २०७९ मंगलबार १७:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको पक्राउ पुर्जीका आधारमा न्यायाधीश गिरीलाई मङ्गलवार काठमाण्डौको गोङ्गबुबाट पक्राउ गरिएको काठमाण्डाै प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका न्यायाधीश गिरीलाई प्रक्रिया पुर्‍याएर कपिलवस्तु पठाइने पनि बताउनुभयो ।

न्यायाधीश गिरीले आफूलाई कुटपिट र बलात्कार गरेको भन्दै श्रीमती आरती गिरी रावलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गएको मङ्सिरमा जाहेरी दिनुभएको थियो । जाहेरीमा श्रीमानले आफूलाई पटक–पटक कुटपिट, यौन शोषण र हिंसा गरेको उल्लेख छ । न्यायाधीश गिरीले पनि श्रीमतीले पैसा चोरेको भन्दै उजुरी दिनुभएको थियो ।

गएको असारमा जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन हुनुभएका गिरी विवादमा तानिएपछि अघिल्लो महिना न्याय परिषद् काठमाण्डौमा सरुवा हुनुभएको थियो ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया