नयाँ बानेश्वरमा द्वन्द्व पीडित सङ्घर्ष समितिकाे विराेध प्रदर्शन

 बैशाख ५, २०८० मंगलबार १६:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – द्वन्द्व पीडित सङ्घर्ष समितिले संसदमा पेस भएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी विधेयक) संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

सङ्घर्ष समितिले मङ्गलवार काठमाण्डाैकाे नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । समितिले आफूहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताएकाे छ ।

आन्दोलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टीआरसी विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताउनुभयो । उहाँले शान्तिपूर्ण रूपमा आन्दोलन गर्दा समेत राज्यले बल प्रयोग गरेको गुनासाे गर्नुभयाे । उहाँले आन्दोलनमा आएका द्वन्द्व पीडितमध्ये आठ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताउनुभयो ।

द्वन्द्व पीडित परिवार सदस्य बिसीले द्वन्द्वकालमा आफ्ना श्रीमान् किन मारेको भन्दै सरकासँग प्रश्न गर्नुभयो । उहाँले श्रीमान् मारिनुको कारण आफूहरूले जान्न पाउनुपर्ने भन्दै पीडकलाई उन्मुक्ति दिने किसिमको विधेयक ल्याए आफूहरूको विरोध नराेकिने चेतावनी दिनुभयो । उहाँले विधेयक संशोधन गर्न समिति बनाएर छलफल हाेस् भन्ने पीडितहरूको माग रहेको बताउनुभयो । 

प्रदर्शनकारीहरूले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, सरकार मेरो पति खोइ ? लुटिएको सम्पत्ति फिर्ता गर, पीडितलाई परिपूरणको ग्यारेन्टी गर, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ ? घाइते, अपाङ्ग र अशक्त पारिएकाहरूको उपचारको ग्यारेन्टी गर लगायतका प्ले कार्ड बोकेका थिए । केही समययता द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थालगायत द्वन्द्वपीडित परिवारका सदस्यले टीआरसी विधेयकको विरोध गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया