दाङको घोराहीमा महिलाको शव गाडेको अवस्थामा भेटियो

 बैशाख ७, २०८० बिहिबार ९:५०:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।

शारदाका श्रीमान ४१ वर्षीया मेघराज केसी भने फरार रहेका प्रहरीले जनाएको छ । केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्तले जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया