बारामा उपचुनावमा असर पुर्‍याउन खोजेको आरोपमा पाँच जना पक्राउ

 बैशाख १०, २०८० आइतबार ११:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बारामा भइरहेको उपचुनावमा असर पुर्‍याउन खोजेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देवताल गाउँपालिका ७ को मतदान केन्द्रबाट बारका २ र रौतहटका ३ जना गरी ५ जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी गराउनुभयो ।

प्रहरीले जनता समाजवादीका स्थानीय नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवसहित ५ जनालाई पक्राउ गरेको हो । यादवले सक्कल मतपत्रसँगै नमुना मतपत्र समेत मतपेटिकामा खसाल्न खोजेपछि प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । अन्य चार जनालाई होहल्ला गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई बेलुका ५ बजेपछि छोडिने सापकोटाले जानकारी गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारामा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले केही मतदान केन्द्र जसपाका कार्यकर्ताले कब्जामा लिएको आरोप लगाए पनि त्यो सत्य नभएको उहाँले बताउनु भएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया