नेपालमा उत्पादित सवारी साधन दर्ताका लागि बाटो खुल्यो

 वैशाख १४, २०८० बिहीबार १३:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडी दर्ता गर्ने व्यवस्था गरेको छ ।

यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले यो व्यवस्था गरेको हो । यसअघि नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल 'यात्री' को दर्ता र सञ्चालनमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको थियो ।

अब नेपालमा जडान वा नेपालमै उत्पादन हुने सबै गाडीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायत प्रयोजनका लागि भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे छ । तर यसको सट्टामा मूल्य अभिवृद्धि कर बिजक पेस गर्नुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारी साधनको हकमा अन्तःशुल्क निकासी फारामसमेत पेस गर्नुपर्ने विषय निर्देशिकामा थप गरिएको छ । 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया