कपनकी निरा पाण्डेकाे हत्या प्रकरण : आराेपी सार्वजनिक, ‘लुटपाटकाे उद्देश्यले हत्या’

 वैशाख १७, २०८० आइतबार १६:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाैकाे कपनमा दिउँसो पसलमा पसेर निरा पाण्डे आचार्यको हत्या गरेको आरोपमा प्रहरीले झापाको धुलाबारीका विनोद विकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

हिजो शनिवार बेलुका झापाबाट पक्राउ परेका विकलाई निरा हत्या प्रकरणमा गठित प्रहरीको उच्चस्तरीय अनुसन्धान समितिले आज आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । निरा पाण्डेको हत्या चोरी गर्ने उद्देश्यले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।

विकले हत्यापछि चोरी गरेका सुनका गहना बिक्री गरेको देखिएको र हत्याका बेला लगाएका कपडा, झोला र जुत्तालगायत सामग्रीहरू समेत भेटिएका एसएसपी आचार्यले जानकारी दिनुभयो । भाँडा किन्ने बाहानामा पसलमा छिरेका विकले भाँडा देखाउने क्रममा निरा पाण्डेलाई पछाडिबाट छुरा प्रहार गरी हत्या गरेर उहाँले लगाएको सुनका गरगहना र पसलमा भएको नगद लिएर त्यहाँबाट भागेको खुलेको पनि आचार्यले बताउनुभयो ।

सरस्वतीनगरमा भाडा पसल सञ्चालन गरिरहेकी पाण्डेको गएकाे वैशाख ७ गते दिउँसो हत्या भएको थियो । निरा हत्या प्रकरणबारे संसद्सहित सबैतिर विरोध भएपछि प्रहरीले वैशाख १५ गते एआईजी किरण बज्राचार्यको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाण्डाै जिल्ला प्रहरीसमेत सम्मिलित आठ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिको सक्रियतामा विक पक्राउ परेका हुन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shyam Sundar Silwal

    April 30, 2023, 5:26 p.m.

    Astinai ko news ta khi pani chori vako vanne aako thiyo t aile feri yo k ho ?? how public can trust such bilateral news??

  •  0 Reply

तपाईको प्रतिक्रिया