धादिङमा सडक बन्द हुँदा मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिए

 वैशाख २०, २०८० बुधबार १४:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा सडक बन्द हुँदा मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिएका छन् । मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिँदा कलङ्कीमा जाम भएकाे छ । 

धार्केकाे गणेश खोलामाथिको पुलमा भ्वाङ परेपछि सडक बन्द भएकाे हाे । अस्ति साेमवार दिउँसाे पुलमा भ्वाङ परेपछि बन्द भएकाे सडक हिजाे मङ्गलवार बिहान १० बजेतिर एकतर्फी खुलाइएकाे थियाे । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेका बेलामा फेरि आज अर्को भ्वाङ परेको हो । स्थानीयवासीका अनुसार अस्ति सोमवार सडक भासिएपछि ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको छ ।

सडक बन्द भएपछि प्रहरीले आज पनि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व–पश्चिमबाट काठमाण्डौ भित्रिने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–नुवाकोट–गल्छीको बाटोलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सक्नेछन् । धादिङ, नुवाकोट, र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । 

यस्तै पूर्व–पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् ।  

पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु ओहोरदोहोर गर्ने गरेका छन् । काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग भएकाले यो सडक खण्ड बन्द भए तराकारीदेखि खाद्यान्न र इन्धन ढुवानीमा समेत असर पर्छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया