मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 बैशाख २१, २०८० बिहिबार १२:१५:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा हिजो बेलुका बाग्मती प्रदेश ०२-०२० प ४२३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएकाे हाे । 

माेटरसाइकल दुर्घटनामा परि बाराको पर्सौनि नगरपालिका-५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र मोटरसाइकलको पछाडि बस्ने गोरख भनिने रविन्द्र मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका लालबाबुको उपचारका क्रममा गएराति ज्यान गएको हो भने रविन्द्रको शव बिहान भेटिएको हो ।

दुर्घटनापछि रविन्द्रको अवस्था थाहा हुन सकेको थिएन । बिहान खोजी गर्ने क्रममा दुर्घटनास्थल नजिकै उहाँको शव भेटिएको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया