चितवनमा बन्द भएको पूर्व-पश्चिम राजमार्ग खुल्यो

 वैशाख २३, २०८० शनिबार १५:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी बन्द भएको चितवन सडक खुलेको छ ।

बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेपछि सयौँ यात्रु अलपत्र परेका थिए ।  तर अहिले बन्दकर्ताले  मुख्य राजमार्गमा भने गाडी चल्न दिएका छन् । बिहानदेखि केहीबेर अघिसम्म शंकर कँडेल न्यायिक सङ्घर्ष समितिको नाममा सडक बन्द हुँदा पूर्व र पश्चिम आउने र जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका थिए ।

बन्दकर्ताले अहिले नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बजार क्षेत्रमा मात्र शान्तिपूर्ण प्रदर्शन गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार यो क्षेत्रमा भने भित्रि सडक प्रयोग गरेर डाभर्सन गरिएको छ ।  

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको गएको मङ्गलवार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया