यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो
माघ ५, २०८१ शनिबार
कास्की – परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा (नासु) पोखराको बेगनास तालमा मृत फेला परेका छन् । मन्त्रालयका नासु उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयाे ।
आज सोमवार बिहान साढे ८ बजे बेगनास तालको डुङ्गाघाटभन्दा चार सय मिटर तल पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको प्रहरीले जनाएकाे छ । मृतक भण्डारी राहादानी विभागमा कार्यरत थिए ।
भण्डारीकाे साथबाट जहाजको टिकट पनि भेटिएको प्रहरीले बताएको छ । उनी आइतवार जहाजबाट पोखरा आएकाे खुलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।