एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
दीपिका–रणविरको विवाह नोभेम्बर १४ र १५ मा, रिसेप्सनमा उपस्थित हुनेछन् ३००० पाहुना
दीपिका पादुकोण र रणविर सिंहले विवाहको कार्ड सामाजिक सञ्जालमा सार्वजनिक गरेसँगै दुवैजनालाई शुभकामना तथा बधाई दिन सुरु गरिएको छ ।
दीपिका रणविरको विवाहको मिति सार्वजनिक भएसँगै कलाकार तथा फ्यानहरु निकै उत्साहित भइरहेका छन् ।
खबरहरुका अनुसार दीपिका र रणविरले इटालीमा विवाह गर्नेछन् भने रिसेप्सन भारतको मुम्बई वा बेंग्लोरमा आयोजना गर्नेछन् । यसैबीच यि दुवैको विवाहसँग सम्बन्धित एक अर्को रोचक खबर सार्वजनिक भएको छ ।
दीपिका र रणविरको विवाह नोभेम्बर १४ र १५ हुनेछ । खबरहरुक अनुसार दीपिका र रणविरले दुइवटा रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । विवाहको पहिलो रिसेप्सन पार्टी नोभेम्बर २८ वा २९ मा बेंग्लोरमा दिइनेछ ।
यो रिसेप्सनमा दीपिकाका नजिकका साथीभाई तथा आफन्तजनहरु सहभागी हुनेछन् ।
त्यसपछि दोस्रो रिसेप्सन मुम्बइमा आयोजना गरिनेछ । खबरहरुक अनुसार नोभेम्बर ३० वा डिसम्बर १ मा मुम्बइको ग्रयाण्ड हायातमा हुनेछ ।
यो रिसेप्सनमा बलिउड तथा उद्योग जगतका हस्तीहरु उपस्थित हुनेछन् । दीपिका–रणविरको विवाहमा करिब ३००० पाहुनाहरु उपस्थित हुने अनुमान गरिएको छ ।
दीपिका पादुकोण र रणविर सिंहले दुई दिनअघि सामाजिक सञ्जालमा उनीहरुको विवाहको कार्ड सार्वजनिक गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।