गर्मीसँगै संक्रामकजन्य रोगको जोखिम बढ्यो

 वैशाख २८, २०८० बिहीबार ७:४१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – गर्मी बढेसँगै विभिन्न संक्रमणजन्य रोगको जोखिम बढ्न थालेको डाक्टरले बताएका छन् ।

यतिबेला औलो, डेंगी, कालाजार, जण्डिस, टाइफाइड, झाडापखाला, हैजालगायत रोगको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।

उनीहरुका अनुसार प्रि–मनसुन र मनसुनमा लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगसँगै दूषित पानी, अस्वस्थकर खानेकुरा र सरसफाइको कमीका कारण संक्रामक रोग फैलिने जोखिम धेरै हुन्छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गर्मी बढेकाले यतिबेला प्रशस्त मात्रामा शुद्धीकरण गरिएको वा उमालेको पानी र पानी  पाइने  फलफूल खानुपर्छ । 

यस्तै, सडक छेउछाउमा खुला रुपमा राखिएका खानेकुरा, बासी तथा सडेगलेका खाना नखान र खाना खानु अघि सफासँग साबुनपानीले हात धुन उहाँको सुझाव छ ।

यस्ता सामान्य कुरामा ध्यान दिन सके झाडापखाला, हैजा, जण्डिस जस्ता रोगबाट जोगिन सकिने डाक्टर पुनले बताउनुभयो ।

यस्तै, औलो, डेंगी, कालाजार जस्ता रोगबाट जोगिन लामखुट्टे र भुसुनाको टोकाइबाट बच्नु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ ।

घर वरिपरिका झाडी तथा खाल्डाखुल्डी पुर्न, पूरा बाहुला भएका कपडा लगाउन र लामखुट्टे तथा भुसुनालाई भगाउने खालका औषधिको प्रयोग गर्न र सुत्ने बेलामा झुल टांग्न डाक्टर मरासिनीको सुझाव छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया