बाजुरामा फेरि भूकम्प, यो महिनामा मात्रै ६ पटक धक्का

 वैशाख २८, २०८० बिहीबार ८:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाजुरामा भूकम्प गएको छ । बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गइसकेको छ । यसअघि गएको २२ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

गएको १५ गते पनि ५ दशमलव ९ र ४ दशमलव १ गरी दुई पटक भूकम्प गएको थियो । त्यस्तै १४ गते ४ दशमलव ९ र १०  गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालको पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।

‘भूकम्पको कुनै पूर्वानुमान हुँदैन । तर, पनि पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै छ’ भूकम्पविद् मुकुन्द भट्टराईले भन्नुभयो ।

उहाँका अनुसार पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स– साना भूकम्प  वा परकम्पपछि तितरबितर पनि हुनसक्छ र नहुन पनि सक्छ, दुवै सम्भावना छ ।

त्यसैले जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दाले विशेष सावधानी अपनाउन उहाँको सुझाव छ ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया