रेन्बाे ट्राउट माछा : दानामा तीन प्रतिशत सिस्नुकाे धुलाे मिसाउनु प्रभावकारी

 कात्तिक ६, २०७५ मंगलबार १७:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रेन्बो ट्राउट माछाका भुरालाई तीन प्रतिशत सिस्नुको धुलो मिसाइएको दाना खुवाउँदा वृद्धिदर, बाच्ने दर र रोगसँग लड्ने क्षमता बढ्ने देखिएको छ । 

रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवा र मत्स्य अनुसन्धान महाशाखा गोदावरीले गरेको अध्ययनबाट तीन प्रतिशत सिस्नुको धुलो मिसाइएको दाना खुवाउनु प्रभावकारी देखिएको हो । 

तीन महिनासम्म गरिएको अध्ययनबाट माछाका लागि सिस्नु प्रभावकारी हुने देखिएको  केन्द्रका प्राविधिक अधिकृत सुरज कुमार सिंहले बताउनुभयो । गत असार ६ गतेदेखि असोज ६ गतेसम्म करिव तीन महिना लगाएर अध्ययन गरिएको थियो । 

‘हामीले माछामा सयपत्री फूल र सिस्नुको प्रयोग गरेका थियौँ, उहाँले भन्नुभयो, सिस्नुको भने नतिजा आइसकेको छ ।’ १६ वटा बाल्टिनमा ५०-५० वटा माछाको भुरा राखेर अध्ययन गरिएको उहाँल बताउनुभयो । 

त्यो बाल्टिनमा ०, १, २ र ३ प्रतिशतका दरले दानामा सिस्नुको धुलो मिसाएर खुवाइएको थियो । तीन प्रतिशत सिस्नोको दाना मिसाएको बाल्टिनमा रहेका भुराको तौल अन्य भुराको तुलनामा ६० ग्राम बढी पाइएको हो । 

माछालाई उट्रिका पार्भिफ्लोरा जातको सिस्नुको धुलो खुवाइएको हो । तीन प्रतिशत सिस्नु मिसाइएको दाना खुवाइएका माछाका भुरामा फिड कन्र्भसन रेसियो कम पाइएको केन्द्रले जनाएको छ । यो घट्नु राम्रो हो । 

यो सिस्नो समुन्द्री सतहको १७०० देखि २८०० मिटरसम्मको उचाइमा पाइन्छ । केन्द्रले दिएको जानकारी अनुसार सामान्य दाना खुवाएका माछा २६० ग्रामका थिए । सिस्नु मिसाइएको दाना खुवाइएका माछा ३१६ ग्रामका थिए । 

जिल्लामा पछिल्लो समय रेन्बो ट्राउट पालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया