ललितपुरका विभिन्न ठाउँमा आज पनि तीन घण्टा बिजुली नआउने
माघ ५, २०८१ शनिबार
डडेल्धुरा - सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरबाट चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको हाे ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सार्कीले चाँदीका पूजाका सामान चोरी भएको बताउनुभयो । मन्दिरमा सीसी क्यामेरा जडान गरिएको भए पनि पूर्णरुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ । चाेरीकाे घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । अमरगढी–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jhalak Pali
May 13, 2023, 9:43 p.m.तेज बहादुर साँकी हो सार्की होइन नि !