केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

 माघ ५, २०८१ शनिबार ५:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना छैन । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

हिजो काठमाण्डौ उपत्यकासहितका पहाडी भेगमा पनि आंशिक बदली भएको थियो । पहाडी भेगमा हिजोको तुलनामा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

तराईका केही ठाउँमा भने हिजोअस्ति जस्तै आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । पूर्वी र मध्यतराईका केही ठाउँमा दिनभर नै हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बन्दै आएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया