जुम्लाको सिंजामा पहिलो पटक सांस्कृतिक खाना महोत्सव, स्थानीय बासिन्दा उत्साहित

 जेठ २, २०८० मंगलबार ९:११:५७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको सिंजा गाउँपालिकामा पहिलो पटक सांस्कृतिक खाना महोत्सव भएको छ । सिंजा गाउँपालिकाको व्यवस्थापन तथा मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा हिजो एक दिन सांस्कृतिक खाना महोत्सव भएको हो ।

स्थानीय खाना संस्कृतिकाे प्रवर्द्धन गरी आयआर्जनसँग जोड्न प्रोत्साहन गर्ने र रैथाने खानाको संरक्षणसहितको उद्देश्यले महोत्सव गरिएको हो । महोत्सवमा खानाका परिकाहरु सजाएर प्रदर्शन गरिएको थियो ।

पहिलो पटक आफ्ना परम्परागत अर्गानिक खाना बजारमा सजाइएपछि स्थानीय बासिन्दा दङ्ग परेका थिए ।  उनीहरुले खाना महोत्सवमा अर्गानिक खानाका सजावटमात्रै होइन स्थानीय देउडा, झोडा, चुट्किला भनेर खानाको प्रचार गरेका छन् ।

सिंजा गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाले रैथाने खानाको प्रवर्द्धनका लागि गरिएको यो महोत्सव निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । सिंजा गाउँपालिका २ का वडाअध्यक्ष तीर्थ वडले यस्ता कार्यक्रमलाई अब  स्थानीय सरकारले पनि प्राथमिकता दिने बताउनुभयो ।

महोत्सवमा कोदो, फापर, मकै, भट्टमास, चिनु, कागुनु मकैका परिकार, खरायोकाे मासुलगायत राखिएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया