बाग्मती प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ : मन्त्रालयका नियमित काममा समस्या

 जेठ ३, २०८० बुधबार ९:३७:४० | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – बाग्मती प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको छ । 

मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई थप दुई वटा र आर्थिक मामिला मन्त्री बहादुर सिं लामालाई थप तीन वटा मन्त्रालयको जिम्मेवारी छ ।

मुख्यमन्त्री जम्मकट्टेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । 

मन्त्री लामाले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

यी पाँच वटा मन्त्रालयमा मन्त्री नियुक्तिमा ढिलाइ हुँदा प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माणसँगै चालु आर्थिक वर्षमा सक्नुपर्ने धेरै काममा समेत समस्या भएको कर्मचारीले बताएका छन्।

गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम नदिँदा सरकारले पूर्णता पाउन सकेको छैन ।

नेपाली कांग्रेसले छ वटा मन्त्रालय छोड्न नमान्दा र एकीकृत समाजवादीले दुई वटा मन्त्रालय मागेपछि भागबण्डामा सहमति हुन सकेको छैन ।

कांग्रेसले पाँच वटा मात्र मन्त्रालय पाउने निश्चित भएको छ । बाग्मतीमा एघार वटा मन्त्रालयमध्ये सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय सम्हालिरहेको छ।

भागबण्डा नमिल्दा नेकपा (एकीकृत समाजवादी) सरकार बाहिरै छ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया