माथिल्लो मैलुङ ए जलविद्युत आयोजनाको निर्माण कार्य चार महिनादेखि ठप्प

 कात्तिक ७, २०७५ बुधबार ९:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य चार महिनादेखि ठप्प भएको छ । 

वर्षा र चाडपर्वको कारण आयोजनाको काम अवरुद्ध भएको हो । आयोजनाको काम असारदेखि रोकिएको प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताउनुभयो । आयोजनाको निर्माण कार्य तिहार सकिएपछि सुरु गरिने बताइएको छ ।

६.४२ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकिएको छ  । वर्षाको समयमा र हिउँ पर्ने समयमा आयोजनाको निर्माण कार्य अवरुद्ध हुने गरेको उहाँले बताउनुभयो ।  असारदेखि भदौसम्म र पुसदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ ।

९ सय ३० मिटरमध्ये झण्डै तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ । तीन हजार आठ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ ।

२०६९ सालदेखि निर्माण सुरु भएको आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने बताइएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया