तीन दिनभित्र रमाना दिए/लिएका कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन

 जेठ ४, २०८० बिहीबार ८:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको/दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

एक हप्ताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको वैशाख २७ गते सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो । परिपत्रको कार्यान्वयनका लागि हिजो तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

परिपत्रमा भनिएको छ, ‘मन्त्रालय/आयोग/सचिवालय/प्रदेश वा अन्तर्गतका कार्यालय र पालिकामा सरुवा/पदस्थापना/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएको सङ्घीय निजामती कर्मचारीको रमाना दिए/लिएको विवरण यही ७ गतेभित्र उपलब्ध गराइदिनु अनुरोध छ।’

यसअघिको परिपत्रमा रमाना भइ नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुल उपर गर्ने उल्लेख थियो ।

मन्त्रालयको निर्देशन अनुसार रमाना नलिइ बसेका केही पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सङ्घीय कार्यालय मातहतका कर्मचारीले रमाना बुझेका छन् । रमाना लिए/दिएको पूर्ण विवरण प्राप्त भएपछि अटेरी गर्नेमाथि अन्य विभागीय कारबाहीको प्रक्रिया अगाडि बढ्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभएको छ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया