उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने

 जेठ ५, २०८० शुक्रबार १६:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षको बजेटमा उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गर्ने बताएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च ब्याजदर र तरलता सङ्कुचनलाई बजेटमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभएको हो । उहाँले अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलता सङ्कुचन, उच्च ब्याजदर, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन र बाह्य क्षेत्रको चापलाई सम्बोधन गर्ने बताउनुभयो ।

राष्ट्रपति पाैडेलले विदेशी लगानीलाई प्राथमिकता प्राप्त क्षेत्र अर्थात् ठूला योजनामा केन्द्रित गर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया