पहाडी क्षेत्रको मौसम आंशिकदेखि साधरणतया बदली : तराईमा मुख्यत...
फागुन २७, २०८१ मंगलबार
धादिङ – राजमार्गहरुमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि पृथ्वी राजमार्गमा नयाँ प्रविधिको प्रयोग सुरु गरिएको छ ।
राजमार्गका अत्याधिक सवारी दुर्घटना हुने क्षेत्रमा अहिले रबर स्पीड ब्रेकर राख्न सुरु गरिए पनि पृथ्वी राजमार्गमा भने यो प्रविधिको पहिलो पटक प्रयोग गरिएको हो
यसरी राखिएको स्पीड ब्रेकरले राजमार्गको संवेदनशील क्षेत्रमा आइपुगेपछि सवारी चालकहरुले स्पीड घटाउने भएका कारण दुर्घटनाको सम्भावना कम हुने भनाई प्रविधिकहरुको छ । त्यस्ता स्पीड ब्रेकर सवारी दुर्घटना अत्याधिक हुने घुम्तीहरुको तीन सय मिटर अगाडिदेखि राखिएको छ । स्पीड ब्रेकरमा आएपछि चालक आफै सचेत भई गाडीलाई कम गतिमा लगेर सुरक्षित बनाउन सजग गराउने उद्देश्यले राजमार्गमा स्पीड ब्रेकर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताउनुुभयो ।
नेपालका राजमार्गहरुमा पहिलो पटक प्रयोग गरिएको यो प्रविधि सवारी दुर्घटना न्यूनिकरणका लागि अत्यन्त उपयोगी हुने भन्दै मुग्लिन–नारायणघाट सडक खण्डमा पुलको नजिक र पृथ्वी राजमार्गमा भने दुर्घटना हुने घुम्तीहरुमा यस्तो प्रविधिको प्रयोग गरिएको छ । यसका सथै राजमार्गका संवेदनशील क्षेत्रहरुमा ट्राफिक चिन्हलगायत सडक बत्तीको समेत व्यवस्था गरिएको छ ।
अहिले परीक्षणको रुपमा नौबिसे–मौवाखोला सडक खण्डमा पर्ने घाटबेसी र हुग्दी खोलाको घुम्तीमा स्पीड ब्रेकर राखिएको छ । पृथ्वी राजमार्गको धादिङ खण्डमा हरेक दिन १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।