बाग्मती प्रदेशमा गाडीको भाडा समायोजन, काठमाण्डौमा ५ दशमलव ९ प्रतिशतले घट्यो

 जेठ ११, २०८० बिहिबार १४:५८:३४ | हरि हुमागाईं
unn.prixa.net

काठमाण्डाै - बाग्मती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गाडीको भाडा घटाएको हो ।

मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको छ । काठमाण्डौ उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भाडादर आजै राजपत्रमा प्रकाशित भइसकेकाले लागू भइसकेको छ । डिजलको भाउ घटेको ९ दिनपछि  छोटो दूरीको भाडा घटेको  छ ।

नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । गएको चैत २० गते डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्य अनुसार डिजलको मूल्य लिटरको १ सय ५५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया