पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

 जेठ १४, २०८० आइतबार ७:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लामा भने हावाहुरी चल्ने अनुमान छ । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसोपछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु तथा भारतमा बनेको न्यून चापीय क्षेत्र र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै प्रभावका कारण अहिले कोशी प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएको छ भने बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली छ ।

 सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा भने यो प्रणालीकाे असर परेको छैन । यी प्रदेशको मौसम सामान्यतया सफा छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया