केही पुराना र नयाँ कार्यक्रम समेट्दै बाग्मती प्रदेशकाे नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)

 जेठ १४, २०८० आइतबार २०:४१:५७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश सरकारले आज आइतवार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आउँदाे आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे हाे ।

सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले दिगो विकासको अवधारणाअनुसार योजना निर्धारण गर्ने, आउँदाे आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ । ‘प्रदेश सरकारको भूमिका थप बलियाे बनाउन सङ्घीय सरकार र पालिकासँगको समन्वयलाई प्रभावकारी बनाइनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शर्माले 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गरी आउँदाे आर्थिक वर्षभित्र कक्षा १२ सम्म सञ्चालन गरिने बताउनुभयाे । प्रदेश सरकारले 'गृहिणी महिलासँग प्रदेश सरकार' भन्ने मूल नाराका साथ गृहणीहरूलाई सशक्तीकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएकाे छ ।

प्रदेश सरकारले लैङ्गिक हिंसाबाट प्रभावितहरूका लागि उद्धार, राहत, मनोसामाजिक परामर्श र पुनःस्थापनासम्बन्धी सामाजिक सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने प्रदेश प्रमुख शर्माले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया